रुग्म फाउन्डेसन

परिचय

रुग्म फाउन्डेसन आर्थिक अभावका कारण प्रतिभा वा क्षमता प्रस्फुटनबाट बन्चित व्यक्ति वा संस्थालाई उनीहरुको सपना साकार पार्न सहायक हुने गरि परिस्थिति अनुसार सहुलियत ऋण वा अनुदान उपलब्ध गराउनकालागि सहयोग तथा दान संकलन गर्न स्थापना गरिएको पुंजी वा कोष हो । रुग्म फाउन्डेसनले निसर्त सहयोग वा ससर्त  अक्षयकोषको रुपमा चल वा अचल सम्पति स्वीकार गर्नेछ ।

  • रुग्म फाउन्डेसनले निसर्त उपलब्ध हुने सहयोग वा दानबाट सहयोग कोष स्थापना गरि अति आवश्यक व्यक्ति वा संस्थालाई उनीहरुको परिस्थितिको आंकलन गरेर ससर्त वा निसर्त ऋण वा अनुदान सहयोग गर्ने छ, यसमा सहयोगी तथा दान दाताहरुको भावनालाई सकेसम्म सम्बोधन गरिनेछ तर उनीहरुको सल्लाह वा निर्देशनलाई कार्यन्वयन गर्नुपर्ने बाध्यता हुने छैन वा यस शीर्षक अन्तर्गत जम्मा भएको रकम फाउन्डेसनले स्वविवेकले वितरण वा खर्च गर्ने छ।
  • रुग्म फाउन्डेसनमा सहयोगी वा दान दाताले कुनै विशिष्ट खर्च प्रक्रिया तोकेर वा लक्षित वितरण प्रणाली तोकेर अक्षयकोषको स्थापना गर्न सक्नेछन्, तर अक्षयकोष स्थापना कर्ताले खर्च प्रक्रिया वा वितरण प्रणालीमा हस्तक्षेप गरेर कुनै व्यक्ति वा संस्था विशेषलाई सहयोग वा दानकालागि सिफारिस  गर्ने छैनन् ।
  • रुग्म फाउन्डेसनले सहयोग वा दान वापत प्राप्त रकम तथा अक्षयकोषको रुपमा प्राप्त रकम बैंक, सहकारी संस्थाको बचत तथा मुद्दती खातामा जम्मा गर्न निकाल्न, शेयर वा डिबेन्चर खरिद बिक्रि गर्न सक्नेछ ।
  • रुग्म फाउन्डेसनले बैंक, सहकारी तथा लगानीबाट प्राप्त व्याज वा शेयर तथा डिबेन्चरबाट प्राप्त बोनस वापतको रकम सहयोग वा अनुदानको रुपमा वितरण गर्नेछ तर विशेष परिस्थिति सिर्जना भएमा निसर्त सहयोग वा अनुदान वापतको रकम समेत सहयोग वा अनुदानको रुपमा वितरण गर्नेछ ।  अक्षयकोषको रुपमा प्राप्त रकम (साँवा) भने सहयोग वा अनुदानको रुपमा वितरण गर्ने छैन ।
  • रुग्म फाउन्डेसनले आवश्यकता अनुसार गरिब दीनदुखीहरुका लागि औषधि, खाना, कपडा तथा अन्य आवश्यक सामग्री वितरण गर्न सक्नेछ ।
  • रुग्म फाउन्डेसनले गरिब तथा जेहन्दार वालवालिकाकालागि छात्रवृत्ति, शैक्षिक सामग्री, ,खेलकुद सामग्री, पुरुस्कार, खाजा, पोसाक तथा अन्य आवश्यक सामग्री वितरण गर्न सक्नेछ ।
  • रुग्म फाउन्डेसनले सम्पदा, संस्कृति, संस्कार वा सामाजिक तथा सावर्जनिक सम्पत्ति संरक्षणकालागि पहल गर्न, सहयोग गर्न वा लगानी गर्न सक्नेछ ।
  • रुग्म फाउन्डेसनले दैवी प्रकोप, महामारी, संकटकाल वा अन्य परिस्थितिमा आवश्यक उद्दार वा सहयोग गर्न सक्नेछ ।
  • रुग्म अर्गनाइजेसनमा आवद्द सबै व्यवसायले वितरण गर्ने मुनाफाको एक प्रतिशत दानको रुपमा एस फाउन्डेसनमा जम्मा गर्ने छन् ।
  • रुग्म फाउन्डेसन अन्तर्गत हुने क्रियाकलापको विवरण तत्काल यस वेबसाइट वा रुग्म अर्गनाइजेसनको सूचना पाटी मार्फत सार्वजनिक गरिने छ ।

प्रश्नोत्तर

आर्थिक अभावका कारण अफ्टेरोमा परेका व्यक्ति, सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदाको संरक्षण तथा महामारी वा प्रकोपमा फसेकाहरुको उद्दार गर्नेगरी स्थापना वा संकलन गरिएको पूंजी रुग्म फाउन्डेसन हो ।

दाताहरुबाट प्राप्त सहयोग, अनुदान तथा दान, रुग्म अर्गनाइजेसन अन्तर्गतका व्यवसायले आर्जन गरेको वितरण योग्य मुनाफाको एक प्रतिशत, फाउन्डेसनको सम्पत्ति लगानीबाट प्राप्त व्याज तथा मुनाफा र श्रीबृद्धिबाट आर्जन भएको सम्पत्ति रुग्म फाउन्डेसनको आयस्रोत हो ।

रुग्म फाउन्डेसनमा चल अचल सम्पत्ति दान गर्न सकिन्छ । नगद दान गर्नेको नगदको अभिलेख र नगद बाहेक अन्य दान गरेमा त्यस्तो सम्पतिको चलनचल्तीको मूल्य गरि नगद अभिलेख र सम्पत्तिको छुट्टै अभिलेख सहित दोहोरो अभिलेख राखिनेछ ।

मानव सभ्यताको तिब्र विकास संगै जीवन शैली पनि जटिल र तरल बन्दैछ । एकातिर व्यक्तिका प्रतिभा र सम्भावनालाई सार्थक बनाउन मदतको आवश्यकता पर्न सक्दछ भने अर्कोतिर जीवन रक्षाकालागि सहाराको  जरुरत पर्न सक्छ दुवै अवस्थामा रुग्म फाउन्डेसन असल सारथी बन्न सक्छ । यस बाहेक सामाजिक र सांस्कृतिक दायित्व पुरा गर्न पनि रुग्म फाउन्डेसनको परिकल्पना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *