रुग्म कम्प्लेक्स

परिचय

रुग्म कम्प्लेक्स रुग्म अर्गनाइजेसनको एक महत्वाकांक्षि परियोजना हो । रुकुमकोटको व्यापारिक केन्द्र छिप्रीदहमा निर्माण गरिने रुग्म कम्प्लेक्स रुकुमको व्यापारिक केन्द्रको रुपमा स्थापित हुने अपेक्षा  गरिएको छ । लगभग २५०० वर्गमिटर क्षेत्रफ़लमा निर्माण हुने रुग्म कम्प्लेक्सको मुख्य भवनको क्षेत्रफ़ल करिब ९८८ वर्गमिटर हुनेछ । भुइतलामा किराना, कपडा, फर्निचर, स्टेशनरी र भाँडा पसल रहने यो कम्प्लेक्स पांच तलाको हुनेछ । दोस्रो तलामा फेन्सी पसलहरु, तेस्रो तलामा इलेक्ट्रोनिक, इलेक्ट्रिकल, मोबाइल, कस्मेटिक पसल तथा स्थानीय स्तरमा उत्पादित सामान बिक्रिका लागि स्थान उपलब्ध हुनेछ । चौथो तलामा बैंक तथा अन्य सरकारी वा गैरसरकारी संघ संस्थाका अफिसका लागि स्पेस उपलब्ध हुने यस कम्प्लेक्सको पाँचौं तलामा कम्प्लेक्सको अफिस र एक सभा हल हुनेछ । मुख्य संरचना बाहिर अन्य संरचना निर्माण गरि रेस्टुरेन्ट, मिठाई पसल, पार्किंगका लागि स्थान उपलब्ध गराइने यस परियोजनामा एक आकर्षक फाउन्टेनको पनि परिकल्पना पनि गरिएको छ । करिब दस करोड लागत अनुमान गरिएको यस परियोजनाको उनन्चास प्रतिशत लागत पब्लिक अफरबाट संकलन गर्ने सोच रहेको छ ।
जग्गा प्राप्तिको आन्तरिक सहमति जुटिसकेको यस परियोजनाको लागि आवश्यक गृहकार्य भइरहेको छ ।

आधारहरु

लगानीकर्ता

१. न्यून जोखिम
२. सुनिश्चित मुनाफा
३. सामाजिक उत्तरदायित्व र प्रतिष्ठा
४. समाजको विकास, वैभव र सम्वृद्धिमा सहभागिता
५. रोजगारी सिर्जना

व्यवसायी

१. व्यवस्थित र स्तरीय व्यवसाय
२. न्यून, स्थिर र सुनिस्चित भाडा
३. अत्याधुनिक सेवा र सुबिधा
४. प्रयाप्त ग्राहक र मुनाफा
५. सुरक्षा

ग्राहक

१. उचित मूल्य
२. गुणस्तरीय सामान
३. सहज छनोटको अवसर
४. समान व्यवहार
५. एकै स्थानमा सबै सेवा

प्रक्रिया तथा चरणहरु

जग्गा प्राप्तिको सुनिश्चिता 

शेयरधनी पहिचान 

कम्पनी दर्ता

शेयर बिक्री 

जग्गा खरिद

भवनको नक्सा निर्माण 

भवन निर्माण सम्झौता (ठेक्का)

बूकिंग खुला 

भवन निर्माण प्रारम्भ

आई.पी.ओ. निष्कासन 

निर्माण सम्पन्न 

व्यवसाय संचालन

लगानी

१. जग्गा करिब तीन करोड (जग्गा धनीहरुबाट)

२. करिब दुई करोड व्यवसायी तथा लगानीकर्ताबाट 

३. करिब पांच करोड आई.पी.ओ. बाट 

नमुना नक्सा

कम्पनी एक कानुनी व्यक्ति हो । 

शेयरधनीले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अधिकतम रकम सम्म मात्र शेयरधनीको दायित्व सीमित रहने संस्था लिमिटेड हो ।

असिमित शेयर तथा शेयरधनी भएको कम्पनी पब्लिक लिमिटेड कम्पनी हो ।

सीमित दायित्व,

असीमित शेयर, डिबेन्चर तथा शेयरधनी,

वित्तीय लगायतका विवरणहरु नियमित र अनिवार्य प्रकाशन गर्नुपर्ने (अनिवार्य पारदर्शिता तथा विश्वसनीय),

धितोपत्र बोर्डमा सूचीकृत गरि कारोबार गर्न सकिने (IPO जारी गर्न सकिने)

व्यवस्थापनमा जटिलता, 

नियमितता, 

निर्णय प्रक्रियामा जटिलता (दुरगामी निर्णयहरु साधारण सभाबाट पारित गर्नुपर्ने)

छिटो सम्पन्न हुने परियोजना,

सबैले बुझ्ने, अनुगमन गर्न सक्ने, पारदर्शी कार्य प्रणाली,

भाडाबाट आम्दानी हुने भएकोले पारदर्शी आम्दानी 

निर्माण पछि थप लगानी गर्नु नपर्ने, मर्मत, संचालन तथा प्रशासनिक खर्च बाहेक अन्य खर्च नहुने भएकोले नियमित र सुनिश्चित आम्दानी 

कम्पनीको १०००००/- (अक्षरुपी एक लाख रुपैया) देखि १०००००००/- (अक्षरुपी एक करोड रुपैया) सम्मको शेयर खरिद गर्ने ।

पाउंदैन, दस करोड अधिकृत पूंजी रहने यस कम्पनीमा चार करोड नव्य लाखको शेयर आई.पि.ओ. को लागि, करिब तीन करोड जग्गा धनीको जग्गा बापत र करिब दुई करोड दस लाख व्यवसायी तथा अन्यलाई विक्रिका लागि छुट्याईएको छ ।

जग्गाको उच्चतम सदुपयोग हुन्छ,

जग्गाले राम्रो मूल्य प्राप्त गर्दछ,

व्यवसाय गर्ने अवसर प्राप्त हुन्छ,

मेहनत र लगानी विना नै जग्गाले दिने भन्दा धेरै र नियमित आम्दानी दिन्छ,

जग्गा शेयरमा परिणत हुने भएकोले चाहेको समय र मात्रामा विक्री गर्न सकिन्छ 

प्रयाप्त लगानी गरेको शेयरधनीले कम्प्लेक्समा अग्रिम व्यवसाय वा सटर बुक गर्ने अवसर प्राप्त गर्दछ,

व्यवसायीले तिरेको भाडा मर्मत तथा संचालन खर्च कटाई बोनसको रुपमा शेयरधनीलाई वितरण हुने भएकोले शेयर खरिद गरेको व्यवसायीले भाडा विना नै व्यवसाय गरेको अनुभूति गर्न सक्दछ  ।

कम्प्लेक्सको मालिक भनेकै शेयरधनी भएकोले शेयर खरिद गरेको व्यवसायीले आफ्नो कम्प्लेक्समा आफ्नै व्यवसाय गर्नुको मज्जा वा सन्तुष्टि प्राप्त गर्न सक्दछ 

लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न 

निजी व्यवसाय सम्म पहुँच विस्तार गरि व्यावसायिक इमान्दारिता, विश्वसनीयता कायम गर्न 

महंगी, कालोबजारी, नियन्त्रण गर्न 

सस्तो, सुलभ पसल तथा सहुलियत, अनुदानका सामग्री विक्री, वितरण केन्द्र संचालन गर्न  

आधुनिक सुबिधा सहित कार्यालय संचालन तथा सेवा प्रदान गर्न 

जग्गा र भवन निर्माणमा मात्र खर्च हुने भएकोले दुब्दैन ।

ऋणमा काम नगर्ने भएकोले ब्याज तिर्नु पर्दैन ।

निर्माण सम्पन्न पश्चात थप लगानी आवश्यक पर्दैन ।

सकिन्छ, आफ्नो आवश्यकता अनुसार थोरै, धेरै, सबै वा जतिपनि बिक्री गर्न सकिन्छ । आई.पी.ओ. बाट खरिद गरेको शेयर तत्काल र सुरुवातमा लगानी गरेको शेयर आन्तरिकरुपमा जहिलेपनि र स्टक एक्सचेन्जबाट कम्पनीको लकिंग पिरियड समाप्तिपछि बिक्री गर्न सकिन्छ ।

लगानी गरेको भन्दा धेरै गुणा बढी मूल्यमा बिक्री हुने अनुमान गरिएको छ ।

इच्छाएको व्यक्ति वा जग्गा जस्तै अंसियारमा हस्तान्तरण हुन्छ ।

हुँदैन, कम्प्लेक्सको कूल लागत बढी भएपनि सबै संरचना व्यापारिक प्रयोजनका लागि प्रयोग हुने हुँदा व्यापार योग्य कोठाको लागत धेरै नहुने भएकोले औसत भाडादरमा कोठा दिन वा पाउन सकिन्छ ।

सर्वसाधारण र लगानीकर्ताले कोठा भाडामा लिने प्रक्रिया उही हो तर व्यापारीले तिरेको भाडा मर्मत, संचालन तथा अन्य खर्च कटाएर दामासाहीले बोनसको रुपमा लगानीकर्तालाई वितरण हुने भएकोले शेयर खरिद गरेको व्यापारीले आफुले तिरेको भाडा आफैलाई फिर्ता आएको अनुभूति गर्न सक्दछ ।

सकिन्न, कम्प्लेक्सको सौन्दर्य र व्यवस्थापन कायम राख्न कुन कोठामा के पसल कसरी गर्ने भन्ने कुरा पहिलेनै निर्धारण गरिने भएकोले कम्प्लेक्स संग समन्वय गरि प्रयोग गर्न सकिन्छ ।

कम्प्लेक्स निर्माण सुरु संगै कम्प्लेक्सको सम्पूर्ण विशेषता, स्वरूप र पसलको विवरण सहितको नक्सा जारी गरेर निश्चित प्रक्रिया सहित बूकिंग खुला गरिनेछ र कोठा बूकिंग गर्न सकिने छ ।

पहिला आउनेलाई पहिलो प्राथमिकताको आधारमा कोठा बुक हुनेछ ।

शेयरधनीको हकमा बढी शेयर खरिद गरेकोले रोज्ने मौका पाउने र सर्वसाधारणको हकमा पहिला आउनेले पाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *