रुग्म औद्योगिक ग्राम

स्थानीय स्रोत, साधन, जनशक्ति सदुपयोग गरेर संचालन गर्न सकिने उधोग, कलकारखाना वा व्यवसाय संचालनका लागि आवश्यक जग्गा, प्रविधि र वातावरण सिर्जना गर्न रुग्म औधोगिक ग्रामको परिकल्पना गरिएको हो ।

रुग्म अर्गनाइजेसन नेपालमा अधिकाँश साना तथा घरेलु उधोगहरु धरासायी भएको यथार्थ बारे अनभिज्ञ छैन, बरु ती उधोगहरु धरासायी हुनुको कारण औद्योगिक वातावरण नहुनु हो भन्ने निष्कर्षमा पुगेकोछ । यहाँ औद्योगिक वातावरण भन्नाले उधोग संचालनका लागि आवश्यक बाटो, विधुत, पानी, निकास, प्रयाप्त जग्गा, प्रविधि, बजार, जनशक्ति आदि आधारभूत कुराहरुको साथमा सरकार र समाजले हेर्ने दृष्टिकोण र व्यवहार समेतलाई परिभाषित गरिएकोछ ।  

एकल उधोग वा व्यवसाय संचालन गर्दा औधोगिक वातावरण सिर्जना गर्न अर्थात् उद्योग वा व्यवसायका लागि चाहिने सबै पूर्वाधारहरुको एकल व्यवस्थापन गर्न महँगो मात्र हैन प्राय असम्भब नै हुन्छ, तर धेरै उद्योगहरु, व्यबसायहरु एकै ठाउँमा रहेर संयुक्त रुपमा पूर्वाधारहरुको विकास गर्दै संचालन गर्न सके औधोगिक वा व्यावसायिक वातावरण सिर्जना भइ उद्योग तथा व्यवसायहरु फस्टाउन सक्छ भन्ने कुरामा स्पस्ट छ । तसर्थ रुग्म अर्गनाइजेसन माटो सुहाउदो घरेलु उद्योगहरु, कलकारखानाहरु तथा व्यवसायहरु संचालन गरिने औद्योगिक ग्राम परिकल्पना गर्दछ । 

ग्रामिण क्षेत्रमा संचालन गर्न सकिने उद्योग, कलकारखाना वा व्यवसायको पहिचान, उपयुक्त स्थान छनोट र अनुकूल वातावरण सिर्जना गरि उद्योग स्थापना तथा संचालन गर्ने तथा संचालनकालागि आवश्यक सहयोग गर्ने प्रयास भइरहेकोले कुनै जानकारी, सीप, रुची, जिज्ञासा वा लगानी गर्ने इच्छा भए रुग्म अर्गनाइजेसनको कार्यालय, रुकुमकोट, रुकुममा सम्पर्क गरेर, यही वेबसाइटमा रहेको Contact सेक्सनबाट संदेश पठाएर वा हाम्रो इमेल ठेगाना rugm.org@gmail.com मा इमेल पठाएर हामी संग जोडिन सक्नुहुनेछ ।

१. रुग्म औद्योगिक ग्राम, रुकुमकोट

उधोग, कलकारखाना तथा व्यवसाय संचालनका लागि आवश्यक सबै पुर्बाधारहरु बाटो, विधुत, पानीको सहज पहुँच भएको प्राकृतिक रुपमै प्रयाप्त मात्रामा निकास, हरियाली क्षेत्र उपलब्ध छिप्रीदहबाट करिव दुइ किलोमीटर सडक दूरीमा रहेको पोखरा साउनेपानी क्षेत्रलाई  रुग्म औधोगिक ग्राम, रुकुमकोटको रुपमा प्रस्ताब गरिएको छ । रुग्म औधोगिक ग्राम, रुकुमकोटकालागि आवश्यक जग्गा प्राप्तिको काम भइरहेको छ । हाल सम्म करिब ३०००० वर्ग मिटर जग्गा प्राप्तिको सहमति भै सकेको छ भने थप ४०००० वर्ग मिटर जग्गा प्राप्तिको प्रयास भइरहेको छ । लक्ष्य अनुसारको जग्गा प्राप्ति भइसकेपछि सो जग्गामा औधोगिक र आवासीय क्षेत्र विकास गरिने छ । 

रुकुमकोटमा गर्न सकिने उधोग, कलकारखाना वा व्यवसाय पहिचान गर्ने कार्य भइरहेकोछ ।  रुग्म औधोगिक ग्राम, रुकुमकोट संग सम्बन्धित कुनै सल्लाह सुझाब, जिज्ञासा, रुची वा लगानी गर्ने इच्छा भए रुग्म अर्गनाइजेसनको कार्यालय, रुकुमकोट, रुकुममा सम्पर्क गरेर, यही वेबसाइटमा रहेको Contact सेक्सनमा कमेन्ट गरेर वा हाम्रो इमेल ठेगाना rugm.org@gmail.com मा इमेल पठाएर हामी संग जोडिन सक्नुहुनेछ ।

चरणहरु

प्रारम्भिक चरण 

१. परियोजनाको परिकल्पना (योजना निर्माण)

२. सरोकारवाला (जग्गा प्राप्ति)को सहमति

३. शेयरधनी पहिचान (संस्थापक)

४. संस्था दर्ता (रिअल स्टेटको रुपमा )

५. जग्गा प्राप्ति वा खरिद

दोस्रो चरण 

६. जग्गा व्यवस्थापन (प्लटिङ आवास, सार्वजनिक र औधोगिक)

७.  पूर्वाधार निर्माण

तेस्रो चरण 

८. उधोग पहिचान, स्थापना तथा संचालन प्रक्रिया प्रारम्भ 

९. शेयर तथा आवास क्षेत्रको जग्गा विक्री 

१०  जग्गा विक्री, शेयर विक्री, अनुदान तथा ऋण बाट प्राप्त रकम उधोग तथा कलकारखानामा लगानी 

चौथो चरण 

११. उधोग तथा कलकारखाना संचालन, व्यवस्थापन, स्तरोन्नति, तथा विस्तार 

चुनौतीहरु

यो बहुआयामिक र सामुहिक स्वामित्व भएकोले अत्यन्तै संवेदनशील परियोजना हो । निम्न मध्यम वर्गीय ग्रामिण समाजमा संचालनमा आउने यो परियोजनामा कतिपय शेयर सदस्यहरुको व्यक्तिगत सम्पतिको ठुलो हिस्सा लगानी हुने भएकोले उनीहरुको रोजीरोटी संग समेत जोडिएको छ । सम्पूर्ण लगानीकर्तालाई न्याय हुनेगरी परियोजनाको व्यवस्थापन गर्नु सबै भन्दा ठुलो चुनौती हो । रोजगारी सिर्जना, नियमित आम्दानीको स्रोत, सहज जीवन जिउने आधार तयार गर्न सक्नु, व्यक्तिगत प्रभाव शून्य गरि स्वचालित प्रणालीमार्फत संस्था संचालन गर्न सक्नु, दिगो रुपमा संचालन हुन सक्ने प्रविधि, उधोग तथा व्यवसाय छनोट गर्न सक्नु, इमान्दार र दक्ष प्रशासनिक, प्राविधिक, व्यावसायिक नेतृत्व तथा जनशक्ति छान्न सक्नु, योग्य तथा दक्ष्य जनशक्तिलाई संस्थामा रोक्न सक्नु, प्रयाप्त वित्तीय व्यवस्थापन गर्न सक्नु, आवश्यक बजार व्यवस्थापन गर्न सक्नु आदि यसका चुनौतिहरु हुन् । हुँदैन, गर्न सकिन्न, असम्भब छ, कहिँ भएको छैन जस्ता नकारात्मक मानसिकतालाई परास्त गर्नु अर्को चुनौती हो ।

विभिन्न प्रकारका उद्योग, कलकारखाना तथा व्यवसाय संचालनका लागि छुट्याइएको क्षेत्र औधोगिक ग्राम हो । जहाँ उधोगकालागि आवश्यक प्राय: सबै पूर्वाधारको विकास गरिएको हुन्छ ।

सबै ठाउँमा उधोगकालागि आवश्यक सबै प्रकारका पूर्वाधार र औधोगिक वातावारण उपलब्ध हुँदैन । कुनै उधोगले ती पूर्वाधारहरु विकास गर्न वा औधोगिक वातावारण सिर्जना गर्न महँगो मात्र हैन प्राय: असम्भब नै हुन्छ, तसर्थ उधोगले औधोगिक पूर्वाधार र औधोगिक वातावारणको सदुपयोग गर्न औधोगिक ग्राम आवश्यक पर्दछ ।

हो, तर निजी क्षेत्रले औधोगिक ग्रामको स्थापना गर्न बाधा छैन, निजी क्षेत्रले औधोगिक ग्रामको विकास गर्न खोजे आवश्यक पूर्वाधारहरुको विकास गरिदिने दायित्व सरकारले नै लिने गर्दछ ।

रुग्म औधोगिक ग्राम उधोग तथा कलकारखानाहरुको एक नेटवर्क हो । ग्रामिण औधोगीकरणका लागि आवश्यक नीति तथा कार्ययोजना निर्माण, सम्भ्याब्यता अध्ययन, लागत तथा प्रतिफल प्रक्षेपण, प्रविधि तथा बजार व्यवस्थापन, पूर्वाधार तथा जनशक्ति व्यवस्थापन, वित्तीय तथा प्रशासनिक व्यवस्थापनमा सहयोग तथा सहकार्य गर्दछ ।

रुग्म औधोगिक ग्राम, रुकुमकोटले आफ्नो परियोजनाको लागि छनोट गरेको भौगोलिक क्षेत्र भित्र रहेको जग्गालाई बाटो, धरातलीय स्वरूप, बोट विरुवा, उपयोगको अवस्था, आदिको आधारमा विभिन्न स्तर वा समुहमा विभाजन गरेको छ । जग्गाको समुहको आधारमा प्रति एकाई क्षेत्रफ़लको अलग अलग मूल्य तोकी सोहि अनुसारको मुल्यांकन गरि जग्गाधनीलाई शेयर वा रकम भुक्तानी गर्नेछ । 

१. जग्गाको उचित मुल्य प्राप्त हुन्छ 

२. जग्गाको सदुपयोग हुन्छ 

३. जग्गा वापत शेयर लिएमा दुख र लगानी विना नै नियमित आम्दानी हुन्छ 

४. शेयरलाई आवश्यकता अनुसार केहि अंश, वा पुरै सहजै विक्री गर्न सकिन्छ 

५. गाउँको विकास, सम्वृद्धि, औधोगीकरणमा सहभागी भइन्छ 

६. रोजगार तथा व्यवसायको अवसर प्राप्त हुन्छ 

हुँदैन,

१. परियोजना भित्रको जग्गामा प्रयाप्त पूर्वाधार विकास हुने भएकोले बाहिरको भन्दा परियोजना भित्रको जग्गाको मूल्य बढी हुन्छ 

२. परियोजनाको शेयर संग जग्गा साटेमा परियोजनाको आम्दानीको हिस्सा शेयर वापत प्राप्त हुन्छ 

३. शेयर धनीको हैसियतले परियोजनामा सहभागी हुन र लाभ लिन सकिन्छ 

परियोजनालाई जग्गा दिएर नगद लिंदा सो क्षेत्रमा पछिल्लो पटक कारोवार भएको मुल्यको आधारमा नगद प्राप्त हुन्छ भने शेयर लिंदा शेयर धनीको हैसियत प्राप्त हुन्छ ।

व्यवहारमा जग्गा दिएर शेयर लिए पनि प्राविधिक रुपमा जग्गा विक्री गरिएको हो भने शेयर खरिद गरिएको हो तसर्थ जग्गा फिर्ता हुँदैन, तर कुनै कारणबस प्रस्तावित परियोजना स्थापना नै नभई रद्द भयो भने आआफ्नो जग्गा आफु संग नै रहन्छ ।

जग्गा वापत प्राप्त गरेको शेयर विक्री गर्न सकिन्छ ।

सकिदैन,

  • जग्गाको मूल्य भन्दा प्राय: उधोग तथा कलकारखानाको लागत मूल्य धेरै गुणा ठुलो हुन्छ, जग्गा धनीले लगानीकर्तालाई विश्वास नगरे लगानीकर्ताले जग्गाधनीलाई कसरि विश्वास गर्ने ? कतिपय ठाउँमा उधोग तथा कलकारखानालाई निशुल्क जग्गा उपलब्ध गराएका दृष्टान्त छन् यहाँ जग्गा वापत राम्रो शेयर उपलब्ध गराउने कुरा गरिएको छ ।
  • पछि जग्गा दिने शर्तमा काम गर्दा परियोजनामा लगानी फसीसकेपछि जग्गाधनीले अश्वाभाविक मूल्य गरेर वा निहुँ खोजेर परियोजना असफल हुन सक्छ । 
  • उधोग, कलकारखाना स्थापना हुनुपूर्व नै पूर्वाधार विकासको लागि प्रशस्तै लगानी भै सक्छ, पूर्वाधारमा लगानी पश्चात कुनै एक जग्गाधनीमा पाप पलाउन सक्छ र पुरै परियोजना चौपट हुनसक्छ ।

यस्ता थुप्रै सम्भानाहरु, झगडा तथा विवादका बीउहरु बाँकी रहँदै परियोजना अघि बढ्दैन ।

किनकि, यो परियोजनाको मोडेल जग्गाधनी र स्थानीय जनताकोलागि नै गरिने हो,  परियोजना सफल भए सबभन्दा धेरै फाइदा जग्गाधनीलाई, त्यसपछि समुदायलाई, अनिमात्र लगानीकर्तालाई हुन्छ ।

सकिदैन

पछि जग्गा दिने शर्तमा काम गर्दा परियोजनामा लगानी फसीसकेपछि जग्गा धनीमा पाप पलाएर वा अन्य कुनै कारणले खटपट वा विवाद उत्पन्न हुनसक्छ । यस्तो जोखिम लिएर परियोजना अघि बढ्दैन । 

औधोगिक ग्रामलाई जग्गा दिईसकेपछी पहिलो चरणको समाप्ति सम्म अर्थात् जग्गालाई भौतिक रुपमा (बाटो, आवास, औधोगिक क्षेत्रका लागि) नछुट्याउदा सम्म उपभोग गर्न पाउँछ, तर पूर्व सम्झौता विना जग्गामा भएका रुख, ढुंगा, माटो आदि भने निकाल्न पाउदैन ।

पाउँछ, परियोजनाको प्रारम्भमा तथा परियोजना संचालनको विभिन्न चरणमा शेयर विक्री खुल्ला हुँदा शेयर खरिद गर्न सकिन्छ ।

यो एक वहुआयामिक परियोजना हो, टुक्रामा रहेको जग्गालाई एकीकृत (नक्सामा नै) गरि पुन: खण्डीकृत गरेर उधोग, कलकारखाना वा घडेरीका रुपमा हस्तान्तरण गर्न जग्गा होल्डिंग संस्थाको रुपमा रिअल स्टेटको आवश्यकता परेको हो ।

व्यवसाय वा संस्था स्थापित भै सकेपछी आफ्नै विधि, प्रक्रिया र संयन्त्रबाट संचालन हुन थाल्छ । संस्थाका शेयरधनीहरु को हुन् भन्ने कुराले खासै प्रभाव पर्दैन, पर्न दिन पनि हुँदैन । प्राविधिक रुपमा शेयरधनीको भूमिका नाफा प्राप्ति र दायित्व व्यवस्थापनमा रहने हो, उधोग वा कम्पनी आँफैमा एक शाश्वत कानुनी व्यक्ति हो ।

संस्थामा रहेको शेयर विक्री गरेर बाहिरिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *