परियोजना
विकास र सम्वृद्धिकोलागि समर्पित रुग्म अर्गनाइजेसन सम्वृद्ध तथा गुणस्तरीय जीवनकालागि प्रयाप्त आम्दानी, आम्दानीकालागि व्यवसाय, व्यवसायकालागि, लगानी(पूंजी, प्रविधि, जनशक्ति र परियोजना), पूंजीकालागि सामुहिक लगानी, सामुहिक लगानिकालागी लगानी वातावारण आवश्यक पर्दछ भन्ने कुरामा विश्वास गर्दछ ।
रुग्म अर्गनाइजेसन विकास र सम्वृद्धिका लागि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, शैक्षिक आदि अवयवहरुबाट बनेको प्रणाली विकास चक्र(इकोसिस्टम)को अस्तित्व स्वीकार गर्दछ र यो पुरा प्रणाली नै व्यावसायिक वातावरण सिर्जना गर्न अग्रसर भएमा मात्र विकास र सम्वृद्धि सम्भव देख्दछ । तसर्थ, रुग्म अर्गनाइजेसन आआफ्नो तर्फबाट प्रत्यक्क्ष रुपमा अर्गनाईजेशन संग जोडिएर र परोक्ष रुपमा सल्लाह सुझाब दिएर वा सकारात्मक कुरा गरेर सम्वृद्धि र विकासकालागि एकाकार हुन हार्दिक अपिल गर्दछ ।
रुग्म अर्गनाईजेशन हाल रुग्म कम्प्लेक्स, रुग्म औधोगिक ग्राम रुकुमकोट, रुग्म सहकारी, रुग्म फाउन्डेसनको रुपमा सक्रिय हुने प्रयास गरिरहेको छ ।
रुग अर्गनाइजेसन आपसी सद्भाव, बिश्वास, सहयोगबाट ग्रामिण क्षेत्रको स्थानीय स्रोत, साधन, प्रविधि, जनशक्ति र पूंजीमा आधारित उद्योग तथा व्यवसाय स्थापना, संचालन गर्न वा एक अर्का संग जोड्न, प्रबर्द्धन गर्न चाहन्छ।