रुग्म एक यात्रा हो सहकार्य, बिश्वास, पारदर्शिता हुँदै सम्वृद्धिको, मन संग मन जोड्दै सन्तुष्टि तिर, सीप संग सीप जोड्दै सफलता तिर र धन संग धन जोड्दै सम्वृद्धि तिर । यो कुनै व्यक्ति विशेष वा समूह विशेषको परियोजना नभई सबैको साझा प्रयास हो । रुग्मलाई आज नभए भोलि हामी सबै अटाउने बनाउनु हाम्रो कर्तव्य हो । तसर्थ आउनुहोस हामी सबैको उन्नतिको लागि हातेमालो गरौँ ।

रुग्म अर्गनाइजेसन हाम्रो जीवन पद्दतिलाई कर्मशील बनाउने आधार हो। वेरोजगारी, निराशा, हीनताबोधलाई त्यागेर उत्साह र लक्ष सहित सक्रिय हुन प्रोत्साहन गर्ने एक अभियान हो । आफ्नो क्षमता र प्रतिभाको पहिचान र प्रयोग गरेर दुनियाँमा आँफुलाई अब्बल साबित गर्ने एक अवसर हो  । भाग्य र दैवलाई सराप्दै निरस र लाचार जीवन बाँच्नेहरुकालागी सम्भावना र सपनाको ढोका हो । तमाम समस्या र चुनौति स्वीकार्दै सफलता तिर बढ्ने एक सकारात्मक सोच हो ।

जब हामी विकास, सम्वृद्धि, रोजगार तथा गुणस्कोतरीय जीवनको लागि उद्योग, कलकारखाना, व्यवसायका कुरा गर्छौं, त्यसकोलागि ठुलो पूंजीको आवश्यकता पर्दछ, जुन कुनै दिन हामी संग जम्मा होला र हामी व्यवसायी बनौला भन्ने सोच्नु पनि असम्भव जस्तै हो । रुग्म अर्गनाइजेसनलाई हाम्रो औकात वा हैसियतको राम्रो हेक्का छ, तर पनि रुग्म अर्गनाइजेसन जीवनस्तर उकास्न तथा सम्वृद्धि हासिल गर्न उद्योग, कलकारखाना, व्यवसाय वा रोजगारको कुनै विकल्प देख्दैन । 

व्यापारिक घरानाको उपस्थिति वा  विकास भइनसकेको निम्न मध्यम वर्गीय समाज वा क्षेत्रको विकास र संवृद्धिकोलागि समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरेर सामुहिक लगानीको वातावरण सिर्जना गर्नु एक मात्र विकल्प हो, तसर्थ गाउँमा रहेको धन वा पुँजीलाई गाउँलेहरुकै सामुहिक स्वामित्व रहने गरि परिचालन गरेर व्यावसायिकता सिर्जना गर्दै गाउँलाई सम्वृद्धिको बाटोमा अघि बढाउन सकिन्छ भन्ने विश्वासका साथ रुग्म अर्गनाइजेसनको परिकल्पना गरिएको हो ।

हामी संग रहेको श्रम, सम्पति (जग्गा जमिन, नगद) लाई पुँजीको रुपमा विकास र परिचालन गरेर उद्योग, कलकारखाना वा व्यवसाय स्थापना र संचालन मार्फत रोजगारी सिर्जना तथा मुनाफा आर्जन गर्न सकिन्छ भन्ने  विश्वास रुग्म अर्गनाइजेसनले लिएकोछ । आउनुहोस हामी सबै रुग्म अर्गनाईजेशनका व्यावसायिक साझेदार बनौ र रुग्मलाई सबल र शसक्त व्यावसायिक संस्थाको रुपमा स्थापित गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *