रुग्म अर्गनाइजेसन
रुग्म अर्गनाइजेसन विकास सम्वृद्धिकालागि समर्पित संस्था हो । ग्रामीणक्षेत्रलाई आधार बनाएर विकास र सम्वृद्धिकालागि संगठित रुपमा सक्रिय हुन रुचाउने सबै यसका सदस्यहरु हुन् ।
समूह
रुग्म अर्गनाईजेशन प्रारम्भिक चरणमा नै रहेकोले समूह पनि निर्माणकै क्रममा रहेको छ । चलायमान समूह बन्ने यस अर्गनाइजेसनको कोर ग्रुप प्रस्तावित चारवटा परियोजनाको औपचारिक स्थापना संगै निर्माण हुनेछ, तथापि समुहमा जोडिने र बाहिरिने प्रक्रिया भने चलिरहनेछ ।
संस्थाको मर्म अनुसार व्यवहार गर्न मन्जुर सबै यस समुहमा आवद्द हुन सक्ने छन् ।
कार्यक्षेत्र
भौगोलिक हिसाबले रुग्म अर्गनाईजेशनको प्रारम्भिक परियोजनाहरु रुकुमकोट भित्र केन्द्रित रहेका जस्तो देखिए पनि आवश्यकता अनुसार बाहिर विस्तार गरिनेछ ।
विषयगत हिसाबले विकास, सम्वृद्धि र सामाजिक कार्य संग जोडिएका उधोग, कलकारखाना, व्यवसाय, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, मनोरंजन, खेलकुद, संस्कृति आदि सबै विषयहरु यसका कार्यक्षेत्रहरु हुन् ।