Rukumkot

रुग्म अर्गनाईजेशन र सपना

सपना देख्नु हाम्रो अधिकार हो, शाश्वत अधिकार । परिकार जेसुकै होस् दुई छाक पेटभरी खाना, जाडो जतासुकै जावस एकसरो लाज छोप्ने कपडा, ओत लाग्ने दुई कोठाको झुपडी अनि पिडा हर्ने ट्यावलेटको सपना । यिनै सपनाका लागि संघर्ष गर्नुपर्ने हाम्रो नियति । हाम्रा सपना नै साना ।

आउनुहोस सपनामा थोरै बढोत्तरी गरौँ, अलिअलि बचतका कुरा गरौँ, सानोतिनो रोजगारका, आफ्नै व्यवसाय अनि कारोवारका कुरा गरौँ । कति बाँच्ने निराशामा थोरै आशा, उत्साह र हिम्मतका कुरा गरौँ । । व्यवस्थित र गुणस्तरीय जीवनका कुरा गरौँ शिक्षा, स्वास्थ्य अनि सेवा र सुविधाका पनि कुरा गरौँ । श्रीबृद्धिका कुरा गरौँ आम्दानी र मुनाफाका कुरा गरौँ । थोरै जोखिम उठाओं अनि सफलता र सम्वृद्धिका कुरा गरौँ । कति बाँच्ने अरुकै भरमा विश्वास गरौँ आफैलाई, भरोसा गरौँ आँफैलाई, केहि सपना बुनौं आफ्नै लागि र केहि सपना साँचौ सन्ततीका लागि । केहि त गरौँ मान, सम्मान, इज्जत र प्रतिष्ठाकालागि । जाँगर चलाओं, सीप र दक्षता प्रदर्शन गरौँ, सक्नेजति केहि गरेर हेरौं ।

कति गुजारा चलाउने ? जीवनलाई व्यवस्थित गर्ने कुरा गरौँ । कति रोजगार खोज्ने ? रोजगार दिने कुरा गरौँ । कति साहु कार्ने ? साहु बन्ने कोशिस गरौँ । कति शहर ताक्ने ? शहर बसाउने कुरा गरौँ । हामीपनि गरौँ न ड्युटी र छुट्टीका कुरा, सम्पत्ति, बचत, पेन्सन पट्टाका कुरा, तिर्थ, भ्रमण. मनोरंजनका कुरा, दान र परोपकारका कुरा अनि विकास र सम्वृद्धिका कुरा ।

कति बाच्ने अरुकै भरमा मिथ्याको आशा र भरोसामा । आँफै सपना देखौं, आँफै सपना बुनौं, आँफै सपना साकार पारौं । टाढै बाट सपना ठुला भए भन्नुहोला बुनेर त हेरौं एक पछि अर्को टुक्रा टुक्रा, कण कण बाट रुग्म अर्गनाईजेशनको साथमा ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *